सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु

कप्तानगन्ज । सुनसरीको कप्तानगन्ज घटनाका अर्का एक घाइतको पनि मृत्यु भएको छ । योसँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा मंगलबार घाइते रविन्द्र मेहता (२२ बर्ष) को मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

हिन्दू र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवा ओमप्रकास मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो ।

अर्का एक युवाको सिरहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

सबै