लालबन्दी : पूर्व-पश्चिम राजमार्गस्थित बाराको तामागढी गेट नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते गएकी छिन्।
हिजो (आइतबार) राति बा.६३ प. ७३३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक सर्लाहीको धनकौल गाउँपालिका-२ का ३७ वर्षीय दिनेश साहको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ४६ वर्षीया किशोरी साहको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।
मृतक शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल बारा पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।