बीपी राजमार्गमा पिकअप भ्यानसँग मोटरसाइकल ठोक्किँदा सर्लाहीका युवकको मृत्यु

सर्लाही : बीपी राजमार्गमा पिकअप भ्यानसँग मोटरसाइकल ठोक्किँदा सर्लाहीका एक युवकको मृत्यु भएको छ।

बीपी राजमार्गको सिन्धुली जिल्ला अन्तर्गत सुनकोशी गाउँपालिकाको बलुवा मंगलटारमा काठमाडौँबाट सिन्धुली जाँदै गरेको प्रदेश – ०२००१ च ०४८७ नम्बरको पिकअप भ्यान र सर्लाहीबाट काठमाडौँ जाँदै गरेको प्रदेश २-०३००६ प ३७५५ नम्बरको मोटसाइकल आपसमा ठोक्किएका थिए।

बिहीबार राति ८ बजेतिर भएको उक्त दुर्घटनामा सर्लाही मोटरसाइकल चालक चक्रघट्टा गाउँपालिका वडा नम्बर ५ पडोरियाका ३५ वर्षी गणेश यादवको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उनलाई धुलिखेल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

चक्रघट्टाबाट काठमाडौँ जाँदै गरेको उक्त मोटरसाइकलमा दुई युवा सवार रहेका सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकको पछाडि सवार २६ वर्षीय धीरेन्द्र ठाकुर भने घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार चलिरहेको छ।

मृत्यु भएका गणेश श्रीमती भेट्न काठमाडौँ जाँदै गरेका उनका आफन्तले बताएका छन्। पिकअप भ्यानलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै