सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक घाइते

सर्लाही : सर्लाहीको हरिपुर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।

हिजो (बुधबार) साँझ हरिपुर नगरपालिका–४ हरैयामा बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ निवासी ६८ वर्षीय युगेश्वर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सिंहको उपचारका क्रममा ज्यान गएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–१ किसनपुरका २२ वर्षीय पुरुषोत्तम राय यादवसमेत घाइते भएका छन्।

घाइते चालक यादवको उपचार भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै