रौतहट : रौतहटमा धारिलो हतियार प्रयोग गरी एक किशोरको हत्या भएको छ।
इशनाथ नगरपालिका-९ लवतनाका १८ वर्षीय सहबाज मिया आलमको हिजो मंगलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आलमको शव शनाथ नगरपालिका-२ औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आँप बगैँचामा फेला परेको हो।
हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन। धारिलो हतियारबाट उनको पेटमा प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।
हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जना मृतकका साथी हुन्। उनीहरू लागु औषध प्रयोगकर्ता भएको प्रहरीको अनुमान छ।