लालबन्दी । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि सर्लाहीको लालबन्दीका स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाहरूले स्वतःस्फूर्त रूपमा ठुलो परिमाणमा राहत सामग्री संकलन गरेका छन् ।
बाढीले पुर्याएको जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै लालबन्दीबासीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र नगद संकलन गरी पीडितसमक्ष पुर्याउने तयारी गरेका हुन् । संकलित सामग्रीहरूमा ८२ बोरा चामल, ३४ बोरा चिउरा, १० बोरा भुजा, ४९ कार्टुन चाउचाउ, ५ कार्टुन बिस्कुट तथा नुन, तेल र दालजस्ता अत्यावश्यक खाद्यान्न रहेका छन् ।
खाद्यान्नका साथै मानवीय सहायताका लागि ३१ बोरा कपडा, डसना, तकिया, त्रिपाल, म्याट र सरसफाइका लागि स्यानिटरी प्याड, ब्रस तथा मन्जनसमेत संकलन गरिएको छ। बाढीपीडितलाई खाना पकाउन र खान सहज होस् भनी प्रेसर कुकर, कराई, थाल, गिलास, बाल्टिन र डेक्चीेलगायत भान्छाका सामानहरू पनि उल्लेख्य मात्रामा संकलन गरिएको राहत संकलन जनाएको छ । विवरण अनुसार विभिन्न दाताहरूबाट २० हजार ८ सय ५० रुपैयाँ नगद समेत संकलन भएको छ ।
यसरी एकातिर लालबन्दीबासी राहत संकलनमा जुटेका छन् भने अर्कोतर्फ सोही बाढीका कारण लालबन्दी नगरपालिका घर भएका केही व्यक्तिहरू अझैसम्म फेला पर्न सकेका छैनन् । आफ्नै गाउँका दाजुभाइ, दिदीबहिनीहरू बाढीमा परी बेपत्ता भएको खबरले लालबन्दीमा पनि शोक छाएको छ ।
संकलित सामग्रीहरू छिट्टै प्रभावित क्षेत्रमा पुर्याई वितरण गरिने संकलनकर्ताहरूले बताएका छन् ।
यी हुन् संकलित मुख्य सामग्रीहरू
