
सप्तरी : सप्तरीमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र१०२-००१ ज ३८६६ नम्बरको विङ्गर गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महेश्वर अधिकारीक छोरा १० महिनाको आदर्श अधिकारीको मृत्यु भएको हो।
हनुमाननगर कंकालिनी नगरपालिका-१ कंकालिनी मन्दिरस्थित सडकमा ठक्कर लागेर गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरी हुँदै विराट नर्सिङ होम विराटनगरमा थप उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
साथै गाडीको ठक्करबाट घाइते भएकी एक जना महिलाको विराट नर्सिङ होम विराटनगरमा र दुर्घटनामा घाइते भएका गाडीका सहचालकको भाण्टाबारी अस्पताल सुनसरीमा उपचार भइरहेको छ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।