खुर्कोट : अविरल वर्षापछिको बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबानमा परेको छ।
बसपार्कसहित आसपासका घरहरुमा समेत पानी पसेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ।
खुर्कोटको तल्लो बजारका प्रभावित घरहरूबाट सामान र मानिसहरूलाई अन्यत्र सार्ने काम भइरहेको सुनकोसीमा आएको भिषण बाढीका कारण डुबानको समस्या आएको प्रहरीको भनाइ छ।
यस्तै, खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि त्यहाँबाट हतियार र बन्दोबस्तीका सामान सारिएको छ । सशस्त्रको क्याम्पबाट हतियार लगायतका सामान ईलाका प्रहरी कार्यालयमा सारिएको हो।
बाढी र ठाउँ-ठाउँको पहिरोका कारण बीपी राजमार्ग समेत अबरुद्ध बनेको छ।