मधेश सरकारबाट बाहिरियो माओवादी, समर्थन पनि फिर्ता

जनकपुरधामः नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मधेश सरकारबाट आइतबार नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका हुन्।

नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए। प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुवै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन्। भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए।

सम्बन्धित समाचार

सबै