धनुषासहित ४ जिल्लाका सीडीओ फेरिए

लालबन्दी : धनुषासहित गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट धनुषा, बर्दिया, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले जानकारी दिए ।

महाशाखा प्रमुख रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ ।

त्यस्तै, मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । मन्त्रालयमै जगेडामा रहेका शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

त्यहाँका रामुराज कडरीयालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयमा रहेका सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको महाशाखा प्रमुख रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै