बिहानै उसले पुजा थाल्छ फेसबुकबाट
अनि पेटमा चारो हाल्छ फेसबुकबाट
दिनभरि बरालिन्छ फेसबुककै सडकमा
साँझ फर्की बत्ती बाल्छ फेसबुकबाट !
छैन पानी ठ्याम्मै लौ, यो कस्तो ताल बनायौ
ओठ उदास छ, आँखामा आँशु, यो के हाल बनायौ
सानालाई ऐन लाउने त पुरानै हो रीति
ठूला माछाचाहिँ फुत्किए, यो कस्तो जाल बनायौ !
जसै मबाट तिम्रो दिल दूर हुनेछ
बिर्सनलाई मन यो मजबुर हुनेछ
तिमीले नि सधैंभरि साथ दियौ भने
मरुभूमि मै बस्न मन मञ्जुर हुनेछ !