काठमाडौं : कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका उनी सशुकल भेटिएको सूचना आएको बताइएको हो।
गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘विपिन जोशी सकुशल रहेको गुड न्युज प्राप्त भएको छ, थप भेरिफाइ गर्ने प्रयासमा छौं।’
उनलाई उद्धार गर्ने प्रयास भइरहेको बताइएको छ। विपिन प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।
इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि बिपिन बेपत्ता भएका थिए ।
