हेटौँडा । मकवानपुरको हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब १२:३५ बजे हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ५४ प ८३२७ नम्बरको मोटरसाइकलबाट खसेर सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभित्ताका २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्मालाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक १६ वर्षीय आकृत विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।