मलंगवा । सर्लाहीको विष्णु गाँउपालिकाका स्थानीयले जग्गाधनी लालपूर्जा पाएका छन् ।
वडा नं ५ र ६ (साविक सिमरा गा.वि.स. वडा नं १,२,३,४,५,६ र ७) का २७५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका हुन् ।
उक्त क्षेत्रको नापजाँच कार्य २०७१ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई बुधबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।