धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा । धनुषाको कमला नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमला नगरपालिका–७, सिङ्ग्याहीमा स १ त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा कमला नगरपालिका–६ घर भएका चालक आकाश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको आवश्यक मुचुल्का तयार गरी शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेम्वाङले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै