नेपाल–भारत सीमा क्षेत्रमा ३६ लिटर नेपाली मदिरासहित एक जना पक्राउ

मधुबनी । नेपाल–भारत सीमा क्षेत्रमा खटिएको ४८औँ बाहिनी एसएसबी जयनगरको ‘डी’ समवाय, गंगौरले ३६ लिटर नेपाली घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ ।

एसएसबीका अनुसार सीमा स्तम्भ संख्या २९१–०७ बाट करिब ८०० मिटर भारतीय क्षेत्रभित्र गस्ती गरिरहेको टोलीले नेपालतर्फबाट बोरा बोकेर आइरहेका एक व्यक्तिलाई रोकी जाँच गर्दा उक्त परिमाणमा मदिरा बरामद भएको हो। बोराभित्र ‘दिलवाले’ ब्रान्डका ३०० मिलिलिटरका १२० बोतल नेपाली मदिरा फेला परेको छ ।

पक्राउ पर्नेमा मधुबनी जिल्ला, हरलाखी थाना अन्तर्गत गंगौर निवासी २९ वर्षीय सिकन्दर सदा रहेका छन्। प्रारम्भिक सोधपुछका क्रममा उनले नेपालबाट मदिरा ल्याएर भारतमा बिक्री गर्ने उद्देश्यले ल्याएको स्वीकार गरेका छन्।

एसएसबीले बरामद गरिएको मदिरा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि साहरघाट थाना, मधुबनीलाई बुझाउने प्रक्रिया अगाडि बढाएको छ।

सम्बन्धित समाचार

सबै