बीपी राजमार्गमा राति सवारी आवागमनमा रोक

खुर्कोट । मनसुनजन्य विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोस्ट, काभ्रेपलाञ्चोकको बुधबार बसेको बैठकले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो। निर्णयअनुसार असोज ८ गतेदेखि असोज १२ गते बिहानसम्मका लागि उक्त खण्डमा रातिको समयमा सवारी साधन सञ्चालन गर्न पाइने छैन।

कमाण्ड पोस्टले जारी गरेको सूचनाअनुसार सो अवधिमा बेलुकी ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मका लागि सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

लगातारको वर्षाका कारण सडक खण्डमा बाढी र पहिरोको जोखिम बढेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित सरोकारवाला निकाय तथा चालकहरूलाई उक्त अवधिमा यात्राको तालिका मिलाउन पनि आग्रह गरिएको छ।

सम्बन्धित समाचार

सबै