मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ ।
वृष : धनलक्ष्मी योग परेको छ । व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।
मिथुन : मानसम्मान प्राप्त हुनेछ। प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । पठनपाठनमा रुची बढ्नेछ । नतिजाको पर्खाइमा भए तपाईको पक्षमा नतिजा आउनेछ ।
कर्कट : दिन सामान्य छ। हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।
सिंह : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको विवादको फाइदा तपाईंलाई हुनेछ।
कन्या : दिन राम्रो छ। कृषिजन्य वस्तुको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। अरुले तपाईको प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ला।
तुला : पठनपाठनमा मन जानेछ । शिक्षाको क्षेत्रमा उन्नती हुने दिन छ । पारिवारिक मेलमिलाप हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।
वृश्चिक : मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ।
धनु : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने योग छ।
मकर : दिन सामान्य छ। आज गरेको लगानी डुब्ने जोखिम छ। लगानी गर्नु अगाडि सोच्नु उचित हुन्छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।
कुम्भ : दिन सामान्य राम्रो छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ।
मीन : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।