२०८३ साल कात्तिक ०२ गते सोमबारको राशिफल

मेष : दिन राम्रो छ। आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। लामो यात्रा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन धेरै राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन् । सामाजिक क्षेत्रमा अघि बढ्नु उचित हुनेछ । धर्मकर्ममा मन जानेछ।

मिथुन : दिन सामान्य राम्रो छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ । गीत संगीतको क्षेत्रमा मन जानेछ । गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ ।

सिंह : दिन सामान्य छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । धार्मप्रति अनास्था बढ्नेछ । परिवारको विश्वास मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । स्वास्थ्यमा भने समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।

मकर : बोलीमा सरस्वतीको बास छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ । दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

सम्बन्धित समाचार

सबै