आजकाे राशिफल: कन्यालाई पैसा कमाउने योग, वृश्चिकको लेनदेनमा विवाद, तपाईँको के?

२०८१ असार २४ गते सोमबारको राशिफल :

 

मेष- मनोरञ्‍जनपूर्ण दिन छ। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने छ। व्यापार र रोजगारीका क्षेत्रमा  लाभ मिल्नेछ।

वृष- काममा मन प्रशस्त जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोत फेला पर्लान्।

मिथुन- पीडा दिनेहरू सक्रिय छन्। स्वास्थ्यको विशेष ख्याल गर्नु होला। धन नाश हुने योग छ। अनावश्यक झमेलामा परिएला। खानामा सावधान रहनु होला।

कर्कट- अन्‍नको काममा लाभ हुने दिन छ। कसैबाट समर्थन पाउने दिन छ। रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

सिंह- आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्नेछ।

कन्या- पैसो कमाउने योग छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी, घरपरिवारबाट सुख शान्ति पाइने छ। धनमाल कमाउने दिन छ।

तुला- व्यर्थको खर्चले मन पिरोल्ला। सोच्दै नसोचेको ठाउँमा पैसा खर्च होला। मनमा चिन्ता बढ्ने योग छ। धनमाल हराउन सक्छ।

वृश्‍चिक- प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला। तथापि, भाग्यले साथ दिने छैन। खर्च र लेनदेनमा विवाद बढ्ने छ। संयमित भएर काम गर्नुहोला।

धनु- बचत हुने प्रबल सम्भावना छ। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि पाइने छ।

मकर- नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। अधुरा काम बन्‍ने योग छ। नोकरी र राजनीतिमा सफल भइएला।

कुम्भ- आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला।

मीन- मानसम्मान मिले पनि मनमा डर रहने छ। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ।

सम्बन्धित समाचार

सबै