कांग्रेसबाट टिकट खोसिएका अमरेशले कांग्रेसलाई नै हराए

448

सर्लाही : प्रतिनिधिसभा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन्।

सिंहले २० हजार १७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएर। अमरेशले १ हजार ७६५ मतान्तरले जित निकाल्न सफल भए। यहाँ स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले भने १४ हजार ६२२ मत पाइन्।

कांग्रेसभित्र गुटगत किचलोका कारण अमरेशले टिकट गुमाएका थिए। गत निर्वाचनमा अमरेश नेपाली कांग्रेसबाटै निर्वाचित थिए।

Shares13