गोडैता : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो।
निगमका अनुसार पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।
मूल्य घटेसँगै चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज, भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५ पुगेको छ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ मूल्य कायम भएको छ।
नयाँ परिवर्तन गरिएको नयाँ मूल्य भोलि बिहानदेखि लागु हुनेछ।