सिन्धुली बस दुर्घटना अपडेटः जनकपुरका गुप्ताको उपचार क्रममा मृत्यु

लालबन्दी : हिजो भएको सिन्धुली बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

काठमाडौँबाट जनकपुरधामबाट आउँदै गरेको माइक्रोबस हिजो दुर्घटना हुँदा १२ जना घाइते भएका थिए। उक्त दुर्घटनामा परेर धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो।

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी अनिल कुमार खड्काले जानकारी दिए।

बाँकी घाइतेहरूको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर-६ स्थित कानढुंग्रीमा बा३ ख ८४४५ नम्बरको माइक्रोबस दुर्घटना भएको थियो। टायर पञ्चर भएर माइक्रोबस डिभाइडरमा ठोकिएको  डीएसपी खड्काले बताए।

सम्बन्धित समाचार

सबै