धनुषामा ट्रक एकापसमा ठोक्किएर आगो लाग्यो

लालबन्दी : जनकपुरमा दुइवटा ट्रक एकापसमा ठोक्किँदा ट्रकमै आगलागी भएको छ भने दुबै ट्रकका चालक घाइते भएका छ्न्।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर– ६ मालटोलचोकमा दुइवटा ट्रक आपसमा ठोक्किएर आगलगी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

आइतबार विहान सिरहाबाट ढल्केवरतर्फ जाँदै गरेको ना ६ ख ३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेशको २–००१ ख ०७१५ नम्बरको ट्रक ठोक्किँदा दुइवटै ट्रकमा आगो लागेको हो।

ट्रकको ट्याङकीमा ठोक्किएपछि तेल छताछुल्ल भएको थियो, त्यसपछि आफै ट्रकमा आगो सल्किएको हो । आगोले ना ६ ख ३४६३ नम्बरको ट्रक पूरै जलेर नष्ट भएको छ ।

ना ६ ख ३४६३ नम्बरको ट्रकका चालक सर्लाहीको लालबन्दी १५ का रोशन कौशल कार्की र अर्का ट्रकका चालक रौतहटको मौलापुरका मुकेशकुमार झा घाइते भएका छ्न्।

घाइते दुबै चालकको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै