धनुषा : क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा कक्षा-१२ का विद्यार्थीहरूबीच झडप भएको छ। झडपसँगै पार्कमा तोडफोड समेत भएको छ।
पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छुटमा सेवा दिने घोषणा गरेको थियो। उक्त अफरको फाइदा उठाउँदै एकैपटक ठूलो संख्यामा विद्यार्थीहरू पार्क पुगेका थिए।
भीड अत्यधिक भएपछि नुहाउने पालो तथा स्थानका विषयमा विवाद उत्पन्न भएको र त्यही विवादले झडपको रूप लिएको बताइएको छ ।
झडपका क्रममा विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका थिए। त्यसपछि अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।
घटनास्थलमा हाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।