चार किलो चाँदीसहित एक जना पक्राउ

64

बारा : बारामा चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ परेका छ्न्।

वीरगन्जबाट कलैयातर्फ लुकाई छिपाई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चार किलो चाँदीका गरगहनासहित वीरगञ्ज महानगरपालिका-३ का राजेश साह सोनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

विशेष सूचनाको आधारमा गएराति गण्डक चोकमा चेकजाँच गर्ने क्रममा ना. १६ प. ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साह पक्राउ परेका हुन्।

पक्राउ परेका साहलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।