धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव आइतबार बिहान फेला परेको छ ।

गत चैत २८ गते टोडकीटोलस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका जनकपुरधाम उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमडको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो ।

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य सुरु गरेको थियो । प्रारम्भिक टोलीले युवकलाई फेला पार्न नसकेपछि सशस्त्र प्रहरीको विशेष गोताखोर टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरीका अनुसार गोताखोर टोलीले खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब ४० मिटर तल झन्डै ४० मिटरको गहिराइबाट शव बाहिर निकालेको हो ।

मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै