२०८१ साल जेठ २५ गते शुक्रबारको यस्तो छ राशिफल :
मेष- परिश्रमअनुसार उपलब्धी राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन शान्त रहनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला।
वृष- खर्च गर्दा होश पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवारमा समस्या आउनेछ। समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजग रहनु होला।
मिथुन- धनलाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्ने छ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन्।
कर्कट- आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको राम्रो सल्लाह आउने छ। धनलाभको योग छ। नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ।
सिंह- हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिकर्मबाट विशेष लाभ होला।
कन्या- स्वास्थ्य विग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला। व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीकोे सम्भावना छ। खानामा एकदमै सजग रहनु होला।
तुला- मातृ धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। मनमा द्विविधा उत्पन्न होला।
वृश्चिक- कमाइ सोचेअनुरूप हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला। खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला।
धनु- आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो योग छ। काममा जोश र जाँगर बढ्ने छ। दिन एकदमै राम्रो छ। कामहरू सजिलैसँग बन्नेछन्। पढाइमा पनि केही वृद्धि हुने देखिन्छ।
मकर- अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होश पुर्याउनु होला। कसैसँग झगडा पनि हुन सक्छ। वादविवादको सामना गर्नुपर्ला। पेशागत समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव पनि होला।
कुम्भ- मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। व्यापार र जागिरमा दिन ठीकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ, व्यापारमा पनि घाटा सहनुपर्ला।
मीन- चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। यात्राको पनि योग छ। घरमा पाहुनाले सताउलान्।