आजको राशिफल : मेषलाई फलिफाव, कन्याको आकस्मिक धन लाभ

मेष- धन कमाउने योग छ। फलिफाव हुने दिन छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। काम बन्‍नाले सुखको अनुभव हुन्छ। रमाइलो दिन छ।

वृष- काम बन्‍नाले सुखको अनुभव हुन्छ। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछन्। अप्रत्याशित लाभ हुनेछ।

मिथुन- काममा समस्या देखिएला। अनेक किसिमका झमेलामा परिएला। काममा समस्या देखिएला। आज केही हानी हुन सक्छ।

कर्कट- तपाईंको विचारले धेरैलाई आकर्षण गर्ने समय छ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ। धन आर्जनमा राम्रो दिन छ।

सिंह- राम्रो आम्दानी भई मन खुशी बन्ला। टाढाको यात्राको पनि योग छ। फलिफाव हुने दिन छ। सुख मिल्नेछ।

कन्या- टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु वेश हुनेछ। केही सुख केही दुःख हुनेछ। आकस्मिक धन लाभ हुन सक्छ ।

तुला- गरेका कामबाट ठूलो उपलब्धी लिन सकिने छैन। समयको व्यर्थ नाश होला। व्यर्थको खर्च होला। नसोचेको ठाउँमा खर्च हुन सक्छ।

वृश्‍चिक- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनावश्यक यात्राको योग छ। सुखको अनुभूति हुनेछ। आफन्त मिलनले सुख दिनेछ।

धनु- श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ। पैसो कमाउने योग छ।

मकर- दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आम्दानी हुनेछ। विपरित लिंगीको हौसलाले मन रमाउनेछ। मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला।

कुम्भ- बिहान काम बन्‍नेछ, बेलुका सामान्य तनाव होला। इष्टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधा सामना गर्नु पर्ला। वादविवादको सामना गर्नु पर्ला।

मीन- पेशागत समस्या देखिन सक्छ। केही सुख केही दुःख मिश्रित समय छ। नोकरीमा झमेला बेहोर्नु पर्ला। जागिरको काममा डर हुनेछ।

सम्बन्धित समाचार

सबै