
२०८१ साल असार ४ गते मंगलबारको राशिफल
मेष- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसंगमा पनि रमाइनेछ। आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको सल्लाह आउने छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ।
वृष- फलदायक समय छ। कमाइ बढ्नाले मन प्रशन्न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। सामान्यतया दिन एकदम राम्रो छ।
मिथुन- आर्थिक पक्ष ठीकै भए पनि झगडा हुने सम्भावना छ। हातहतियारबाट जोगिनुपर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ। कसैसँग बढी रिस पनि उठ्ला।
कर्कट- साथीभाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला। काममा मन नजानाले कामहरू अधूरै रहने सम्भावना छ। मान-सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ।
सिंह- मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन्। पढाइमा पनि प्रगति होला। चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ।
कन्या- तपाईंलाई अरूले बढी विश्वास गर्ने खालको समय छ। प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। टाढाको यात्राबाट धन लाभ पनि होला।
तुला- सुखबाट टाढा हुनुपर्ने समय छ। गरेका काममा सफलता नमिल्ने देखिन्छ। अनावश्यक ठाउँमा धनको नाश होला। स्वास्थ्यले साथ नदिन सक्छ। यात्राका क्रममा होश राख्नु राम्रो हुन्छ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु होला। सामान्य रुघाखोकीले पनि सताउला।
वृश्चिक- रोकिएका र आँटेका कामहरू पूरा हुने छन्। धनजनको पनि लाभ होला। कामहरू आज सजिलैसँग बन्नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ। कसैबाट समर्थन पनि पाइएला। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ।
धनु- अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि भई धनलाभ हुने दिन छ। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भई मन हर्षित हुनेछ। मनोरञ्जनको समय रहेकोछ।
मकर- खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टी मिल्ने छ। आर्थिक काम बन्नेछ। यात्राको योग छ। घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ। यात्रा पनि हुन सक्छ।
कुम्भ- खर्च बढ्ने साथै मनमा द्विविधा रहने छ। निको भइसकेको रोगले पुनः सताउन सक्छ। व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला। भौतिक साधनको पनि क्षति होला।
मीन- व्यावहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरू पनि बन्नेछन्। आज आलस्यले पनि सताउला। नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईंले अरूलाई गर्नुभएको वाचा पूरा हुने दिन छ। काममा समय बिताए मन खुशी रहने छ।