निकुञ्जमा सिकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप, एक जनाको मृत्यु

निजगढ :पर्सा राष्ट्रिय निकुञ्जभित्र सिकारी र निकुञ्ज सुरक्षाकर्मीबीच दोहोरो झडप भएको छ।

झडपमा परी एक जना वन्यजन्तु सिकारीको ज्यान गएको छ। घटना आज बिहान सवा ८ बजेको हो। निकुञ्ज कर्मचारी, नेपाली सेनासहित टोली गस्तीको हिँडडिरहेको अवस्थामा सिकारीसँग दोहोरो झडप भएको हो।

सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दोहोरो झडपको क्रममा हतियारसहित पाँच जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य चार जना भाग्न सफल भएका इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले जनाए।

सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको छ।

सम्बन्धित समाचार

सबै