
२०८१ असार ८ गते शनिबारको राशिफल :
मेष- स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागि खर्च हुनेछ। गरेका कार्यहरू हतपत नबन्ने, बनिहाले पनि मिहिनेतअनुसारको फल नपाइने योग छ। गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला।
वृष- जाँगरमा सुधार आउने छ। आफन्तको सहयोगमा रोकिएका कामहरू बन्न थाल्ने छन्। प्रयासअनुसार कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ। अन्न तथा धनको लाभ होला। आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ। प्रशस्त पैसाको कारोबार होला।
मिथुन- उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ। समस्याहरू आफैं किनारा लाग्ने छन्। धैर्य बढाउन सके धेरै राम्रो समय छ। परिश्रम गर्न सकेजति खेर जाँदैन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ।
कर्कट- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी र घरपरिवारबाट सुख शान्ति पाइने छ। यात्राको लागि उचित समय छ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नुपर्नेछ। अनौठो र लाभदायक यात्राको योग छ। सरसामान बिग्रेर दुःख पनि पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ।
सिंह- सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरूपको सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ। बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन। सामान्य रोगले पनि सताउला।
कन्या- आज त्यसै-त्यसै अलमल गराउने समय छ। काममा पनि मन नजान सक्छ। आँटे-गरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ। परिवारबाट सुख मिल्ने दिन छ। प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव होला। सोचेको काम पूरा नहुन सक्छ।
तुला- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ। व्यापारमा सोचेअनुरूप फाइदा होला। लाभदायक समय छ। आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ। शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला। पढाइमा भने आज खासै प्रगति नहोला।
वृश्चिक- वाहन चौपाया आदि प्राप्त होला। नयाँ सामान खरिद गर्ने योग छ। आकस्मिक रूपमा सफलता वा असफलता मिल्ने समय छ। आर्थिक कारोबार हुने दिन छ। गरेका कामहरू सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्ने छन्। पैसा भने अनायसै खर्च होला।
धनु- अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होश पुर्याउनु होला। गरेका कामहरू अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ। कोहीसँग सामान्य वादविवाद पनि होला। झैझगडाको सम्भावना छ। मनमा डरले पनि डेरा जमाउने छ।
मकर- घरपरिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मनमा खिन्न होला। घरपरिवारबाट पनि त्यति सहयोग पाइने छैन। केहीले सम्मान गर्नेछन्। केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ।
कुम्भ- घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ। दिन रमाइलोको साथ बित्ने छ। रोकिएका अधुरा कामहरू पूरा हुने छन् भने व्यावहारिक समस्याको हल हुने छ। सामान्यतया दिन राम्रो छ। केही नयाँ काम थाल्ने समय छ। धार्मिक एवं सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ।
मीन- कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ। कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ ।