रौतहटमा हुण्डी कारोबार : ६ महिनामा ३३ लाखभन्दा बढी बरामद, ५ जना पक्राउ

रौतहट : रौतहटमा सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा हुन्डीबाट कारोबार भएको ३३ लाखभन्दा बढी रुपैयाँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको थियो ।

मोटरसाइकलको सिटमुनि लुकाएर उक्त रकम ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत भारतीय हुन्डी कारीबारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी विक्रम हुमागाइँले बताए।

गत माघ ५ गते ५ लाख ९४ हजारसहित एक जना मानिसलाई मोटरसाइकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। २०८० पुस २० गते ५ लाख ११ हजार, ८७५ रुपैयाँसहित दुई मानिस एकथान मोटरसाइकल, सोही दिन भारतीय रुपैयाँ ५ लाख अर्थात् नेपाली ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ गरेका थिए ।

माघदेखि असारको दोस्रो सातासम्म सशस्त्र प्रहरीले रौतहटको विभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैयाँसहित ५ जना हुन्डी कारोबारमा संलग्न मानिसलाई पक्राउका साथै उनीहरूको ३ थान मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सबै