आजको राशिफल: मेषको प्रेममा माधुर्य छाउने, धनुमाथि शत्रु हाबी हुने, तपाईँको के?

२०८१ असार २६ गते बुधबारको राशिफल :

मेष : मनमा दुबिधा उत्पन्न होला। व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा आकस्मिक समस्या देखा पर्न सक्छ। सानातिना बाधा आइलागे पनि काम भने रोकिने छैन। प्रतिस्पर्धीले रिस गरे पनि बिगार गर्न सक्ने छैनन्।

वृष : दिन उत्साहबर्द्धक रहला। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। नवीन ज्ञान आर्जनको समय छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। हिम्मत बढ्नेछ।

मिथुन : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना।

कर्कट : विद्या र बुद्धिको विकास हुनेछ। नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ। रमणीय र सुखद यात्राको योग छ। जीवनसाथीको सल्लाहमा गरिएको काममा सफलता मिल्नेछ। साँझ सुन्दरतामा धन खर्च हुनेछ।

सिंह : झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। पढाइलेखाइमा ध्यान जाने छैन। व्यापार व्यवसायबाट पनि सोचेजति फाइदा नहोला। तर, धैर्य गर्दा साँझमा केही लाभ हुन सक्छ।

कन्या : चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। पराक्रम बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। बैंक ब्यालेन्समा बढोत्तरी हुनेछ। तर, पेटको समस्याले भने पिरोल्न सक्छ।

तुला : आफूले सोचेकै काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। कुनै काम विशेषले यात्रा हुँदा इष्टमित्र एवं साथीभाइसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।

वृश्चिक : एकअर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवनमा सफल भइनेछ। जोस, जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ। कामविशेषले यात्रा गर्नुपर्ला।

धनु : कामको गति सुस्त हुँदा प्रतिफल पनि प्रभावित हुनेछ। व्यापार व्यवसायबाट त्यति फाइदा नहोला। प्रेम सम्बन्धमा विवाद आउन सक्छ। न्यायिक एवं सामाजिक काममा भने सफलता प्राप्त हुनेछ।

मकर : विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रतिष्ठित काम सुरु गर्ने मौका छ। सन्तान वा शुभ चिन्तकबाट आर्थिक क्षेत्रमा सहयोग हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कुम्भ : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ र कुनै नयाँ काम गर्ने विचार आउन सक्छ। जोस, जाँगर बढ्नुका साथै शरीर पनि फुर्तिलो रहनेछ। स्वास्थ्य राम्रै रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।

मीन : सबै काम सहज रूपमा सम्पन्न हुँदै जानेछन्। आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ। रमणीय र सुखद यात्राको योग छ तर वैदेशिक यात्रा र पुँजी बजारको काम-कारोबारमा भने उल्झन आउन सक्छ।

सम्बन्धित समाचार

सबै