वीरगञ्जमा करेन्ट लागेर प्राधिकरणका कर्मचारीकै मृत्यु

वीरगञ्ज : पर्सामा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीकै मृत्यु भएको छ।

जिल्लाको वीरगन्ज महानगरपालिका–१२, मुर्लीमा विजुलीको पोलमा चढेर मर्मत कार्य गर्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका कर्मचारी रामबाबु चौधरी मलाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै