आजको राशिफल : मेषलाई प्रेममा सफलता मिल्ने, कन्याको स्वास्थ्यमा समस्या

२०८१ साल साउन ६ गते आईतबारको राशिफल :

मेष : विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेममा सफलता मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ।

वृष : विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। चुनौती सामना गर्नुपर्नेछ। यात्रा गर्दा होशियार हुनु होला, धनमाल चोरी हुन सक्छ। मनमा चञ्चलता पनि बढ्नेछ। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

मिथुन : बोलीको प्रभाव बढ्दै जानेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका छ। लगनशीलताले काम अगाडि बढ्नेछ। सामाजिक कार्यमा मन जाला। वैदेशिक कार्य अघि बढ्नेछ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

सिंह : कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। टाढा रहेका साथीभाइसँग भेटघाट हुनेछ।

कन्या : मन भावुक र उत्ताउलो बन्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। दु:खको समाचार प्राप्त हुन सक्छ। मध्य दिनबाट भने आफन्तहरूको सहयोगले काम अगाडि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

तुला : चिताएको कामले तीव्रता लिनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

वृश्चिक : धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। व्यापार व्यवसायबाट उन्नति नै देखिन्छ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्तत: फाइदा नै पुर्‍याउनेछ। पुराना साथीभाइसँग भेटघाट हुनेछ।

धनु : रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पनि पाइन सक्छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइएला। शुभ समाचार सुन्न पाइनेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी भइनेछ।

मकर : व्यर्थको यात्रामा जान बाध्य भइएला। कुनै कुराले मन दु:खी हुन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

कुम्भ : बाधाहरू स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावमा पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकार आदि कार्यमा भूमिका निर्वाह गर्न पाइनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

मीन : क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश र हतास नहुनु होला।

सम्बन्धित समाचार

सबै