
२०८१ साल साउन १५ गते मंगलबारको राशिफल :
मेष : सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। तर, प्रशासनिक निकायको भय रहनेछ।
वृष : खर्च बढ्नेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। विगतका समस्या बल्झिन सक्छन्। धेरै प्रयत्नपछि साँझमा कार्य सम्पादन हुन सक्छ। भ्रमणको योजना बन्नेछ।
मिथुन : आफन्तको प्रगतिमा मन रमाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। मध्य दिनपछि सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ।
कर्कट : टाढाको यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।
सिंह : बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। सुखदुःख बराबरी खालको समय रहनेछ। बेलुकीपख कामबाट फुर्सद मिल्दा पारिवारिक जमघटमा रमाइनेछ।
कन्या : महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।
तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।
वृश्चिक : नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।
धनु : रोकिएका काम सुचारु हुनेछन्। सहयोगीले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
मकर : सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। निर्णय कार्यान्वयन हुन नसक्ला। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा भने चलाखीपूर्ण बोलीले काम बन्नेछ।
कुम्भ : कार्य सिद्धिको योग छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।
मीन : धार्मिक यात्राको योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा सावधानी अपनाउनु पर्नेछ।