हत्या अभियोगमा जन्मकैद सजाय तोकिएका पूर्वशिक्षक १६ वर्षपछि समातिए

जनकपुरधामः हत्या अभियोगमा जन्मकैदको सजाय पाएका धनुषाका एक जना १६ वर्षपछि पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा सबैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो रहेका छन्।

२०६५ सालमा धनुषामा गोली हानेर स्थानीय नागेन्द्र यादवको हत्या गरेको अभियोगमा पूर्वशिक्षकसमेत रहेका महतोलाई २०८० माघ ८ गते सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

२०६५ सालमा महतोले छिमेकी नागेन्द्र यादवलाई गोली हानेर हत्या गरेका थिए। अदालतले सजाए तोकेपछि महतो लुकिछिपी बस्दै आएका थिए। महतोलाई आज सबैला बजारबाट प्रहरीले पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

सबै