
लहानः साइकलमा सवार दाजुभाइलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा भएको दुर्घटनामा दाजुको मृत्यु भएको हो भने भाइ घाइते भएका छन्।
दुर्घटनामा ५० वर्षीय बद्री विकको मृत्यु भएको छ भने ३५ वर्षीय ईश्वर विक घाइते भएका छन्।
बद्रीलाई चालकले ट्रक ब्याक गरेर किचेको स्थानीयको आरोप छ।
घाइते ईश्वरको विराटनगरमा उपचार भइरहेको छ।