
२०८१ साल साउन २७ गते आइतबारको राशिफल :
मेष- सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन्। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।
वृष- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ। कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्छ। वादविवाद हुन सक्छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउन सक्छ।
मिथुन- शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ। व्यापारबाट सोचेझैं लाभ हुनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ।
कर्कट- भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ। शिक्षा क्षेत्रमा शुभ छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ। मान प्रतिष्ठा बढ्ने छ। काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
सिंह- आरामदायी यात्रामा रमाइलो हुनेछ। बोलीमा सजगता नअपनाए झुटा आरोप लाग्न सक्छ। परिवारबाट टाढा बस्नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
कन्या- पेटको खराबीले सताउला। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। खर्च गर्दा होश पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
तुला- आर्थिक पक्ष सबल बन्नेछ। चुनौतीहरू सजिलै पार लाग्नेछन्। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। घरमा पाहुनाले सताउलान्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्।
वृश्चिक- व्यापार-व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। आँटे-गरेका काममा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ। अचानक उपहार मिल्ने योेग छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
धनु- मित्र वर्गबाट साथ सहयोग पाइनेछ। सामाजिक एवं राजनीतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला। घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ट रहने छ। कमाइ राम्रोसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ।
मकर- नयाँ काम शुरु गर्ने समय छ। खर्चको मात्रा भने बढ्न सक्छ। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ।
कुम्भ- स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। काम गर्नमै समय बिताए मन खुशी रहने छ। अपेक्षाकृत लाभ भने हुने छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। अन्य बन्न लागेको काम बिग्रन सक्छ।
मीन- कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। व्यवसायबाट भने लाभ हुने समय छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।