बरहथवामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बरहथवा : बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्याक्टर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन् ।

दुर्घटनामा १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको हो। प्रहरीका अनुसार सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका-१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो।

दुर्घटनामा परेका चारजनाको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार

सबै