भदौ ०७ गतेको राशिफल : कर्कटलाई श्रमबाट लाभ, मीनको आम्दानी बढ्ने

२०८१ साल भदौ ०७ गते शुक्रबारको राशिफल :

मेष- हाडजोर्नीको समस्याले निकै सताउनेछ। आर्थिक कारोबारमा पनि समस्या आउनेछ। धार्मिक कार्यमा खासै रुचि नहोला। अरूको विश्‍वास सजिलै जित्‍न सकिनेछ। बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ।

वृष- शैक्षिक उन्‍नतिका अवसरहरू प्रशस्तै मिल्नेछन्। विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ। खानपानमा विचार पुर्‍याउने गर्नुहोला। नयाँ काम पाउने योग छ। शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ। वैदेशिक कार्य सहज हुने छन्।

मिथुन- चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकाले विपरित लिंगीहरूबाट टाढा रहनु हितकर हुनेछ। कहीं टाढाको यात्रा गर्ने अवसर प्राप्त होला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

कर्कट- माता, पिता र सन्तानसँगको मतभेद अरू बढ्नेछ। पढाइमा अवरोध आउने छ। आज कुनै निर्णय खराब हुन सक्छ। लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट लाभ हुनेछ। काम रोकिनुका साथ मानसम्मानमा आघात पुग्‍न सक्छ। विभिन्‍न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

सिंह- नगद सहयोग गर्न बन्द गर्नुहोला। बलभन्दा बुद्धिको काममा जोड दिनुहोला। आय व्यय मध्यम रहनेछ। खर्चका बाध्यता धेरै आइपर्ने छन्। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ।

कन्या- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्‍वासघात हुने भएकाले गोपनीयतामा ध्यान दिनु होला। विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति-पत्‍नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ।

तुला- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ। पति-पत्‍नीबीचको सम्बन्ध सुमधुर हुनेछ। व्यापारमा लक्ष्‍यअनुरूप सफलता प्राप्त हुनेछ। सोचेको समयमा सम्पादन गर्न नसकिएला। आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्।

वृश्‍चिक- हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानमा सजक रहनु होला। गोपनीयतामा निरन्तर रहनु उचित छ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। भुलेका मित्रहरूले सम्झनेछन् तर कसैसँग झगडा हुन सक्छ। विद्यार्थीहरूका लागि दिन राम्रो छ। अरूको विश्‍वासमा पर्दा अन्त्यमा धोका पाइएला।

धनु- पति-पत्‍नीबीच विवाद बढ्नेछ। घरेलु समस्याले सताउने, मित्र र आफन्तहरूले धोका दिने भएकाले मन चिन्तित रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्‍नाले वादविवाद हुन सक्छ। सहयोगीहरू टाढिन सक्छन्। गोपनीयतामा विशेष ध्यान पुर्‍याउनुहोला। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ।

मकर- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। मिष्‍ठान्‍न भोजनको अवसर प्राप्त हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। काममा लगनशील बन्‍न नसक्दा अरूले आलोचना गर्न सक्छन्। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

कुम्भ- बोलीको प्रभावमा अरूलाई विश्‍वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ। वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्‍ने छ। भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ। चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने हुन सक्छ।

मीन- आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ। निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ। प्रेम प्रसंगका कारण पढाइमा कमी हुन सक्ने भएकाले संयम रहनुहोला। निको भइसकेको रोगले पुनः सताउन सक्छ। लामो समयदेखि रोकिएको काम बन्‍नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ।

सम्बन्धित समाचार

सबै