२०८१ साल भदौ १३ गते बिहिबारको राशिफल :
मेष : रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारमा राम्रै सफलता मिल्नेछ।
वृष : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका जुर्नेछ। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा रमाइलो हुनेछ।
मिथुन : जिद्दीपनले गर्दा काम बिग्रनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बेसुरमा वचन दिँदा अप्ठ्यारो पर्न सक्छ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। शुभ कार्यको चर्चा चल्नेछ।
कर्कट : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
सिंह : प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। अरूको वचन नकार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा भने वैदेशिक क्षेत्रको राम्रो समाचार सुन्न पाइनेछ।
कन्या : आयव्यय बराबरी हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
तुला : मनमा दुबिधा उत्पन्न हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। औषधोपचारमा खर्च बढ्न सक्छ। बेलुकीपख भने हौसला र उत्साह मिल्नेछ।
वृश्चिक : मनमा शान्ति छाउनेछ। रोकिएको धन हात पर्ला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट मनग्गे लाभ हुनेछ। अरूलाई प्रभावमा पार्न सकिनेछ।
धनु : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। घरजग्गा खरिद तथा बिक्रीको योग छ। लक्ष्मी प्रसन्न हुनेछिन्। जटिल ठानिएको काम समेत सम्पादन हुनेछ।
मकर : भाग्यले विभिन्न अवसर जुराउनेछ। स्थान परिवर्तनको योग छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्नेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सेयर बजारबाट लाभ हुनेछ।
कुम्भ : मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला। चलाखीपूर्ण तरिकाले काम गर्नुपर्ने देखिन्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्धमा उतारचढाव आउन सक्छ। वैदेशिक क्षेत्र राम्रै हुनेछ।
मीन : अधुरा काम सुचारु हुनेछन्। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुन सक्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।