मलेसियामा चक्कु प्रहार गरी सिरहाका युवकको हत्या

लालबन्दी : मलेसियामा एक नेपाली युवकको हत्या भएको छ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका सिराहाका घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो।

उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेको छ।

साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

रुपेश मलेसियाको एक सुपरमार्केटमा काम गर्दै आएका थिए।

सम्बन्धित समाचार

सबै