ब्रहमपुरीको मकैबारीमा किशोर मृत फेला

लालबन्दी : सर्लाहीमा मकै बारीमा एक किशोर मृत फेला परेका छन्।
जिल्ला ब्रह्मपुरी गाउँपालिका–२ निवासी १८ वर्षीय अरविन यादव सोही ठाउँस्थित मकैबारीमा आज (शनिबार) बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार स्थानीयले उक्त बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको प्रकृति हेर्दा हत्या कि आत्माहत्या भन्ने खुल्न नसकेको उनले बताएका छन्।
घटनाका सम्बन्धमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै