ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष साहको निधन

ब्रह्मपुरी । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको ८५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। उनको आज बिहान काठमाडौँस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो। उपचारकै क्रममा आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अध्यक्ष साहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिका ल्याउने तयारी भइरहेको छ।

स्थानीय स्तरमा श्रद्धाञ्जली अर्पण गरी आजै उनको अन्त्येष्टि गरिने परिवारजनले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

सबै