
धनुषाधाम : जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ।
मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीबार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि दिइएको आयोजक महावीर युवा कमिटीले जनाएको छ।
रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए।
गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए।