धनुषा: स्कुल बसको ठक्करबाट बिद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

गोडैता : स्कुल बसको ठक्कर दिँदा धनुषामा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।

मंगलबार बिहान करिब १० बजे तिर धनौजी गाउँपालिका-२ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने बिरेन्द्र मण्डलको ११ वर्षीया छोरी आरोही कुमारीको जनज्योति बोडिङ्ग स्कुलको बा.३ च. ९०६५ नम्बरको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै