श्रीमतीलाई खुकुरी हानी हत्या गरेको आरोप लागेका वृद्ध जेल चलान

बागमती : श्रीमतीलाई खुकुरी हानी हत्या गरेको आरोप लागेका बागमती नगरपालिका वडा नम्बर २ शितलनगरका एक वृद्ध कारागार चलान भएका छन्।

कारगार चलान हुनेमा ६७ वर्षीय हेमबहादुर बस्नेत रहेका छन्। ६४ वर्षीया श्रीमती विष्णु कुमारी बस्नेतलाई खुकुरी प्रहार गरेर हत्या गरेको उनीमाथि आरोप लागेको थियो।

गएको चैत २३ गते हत्या गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। बस्नेतको खुकुरी प्रहारबाट श्रीमती विष्णुको विभिन्न भागका चोट लागेको थियो। खुकुरी प्रहारबाट घाइते उनको पछि मृत्यु भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमार्फत जिल्ला अदालतमा पेश गरेकोमा अदालतको हिजो १७ गतेको आदेशले बस्नेतलाई पुर्पक्षका लागि करागार पठाएको हो।

सम्बन्धित समाचार

सबै