गोडैता : सप्तरीमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको कंचनरूप नगरपालिका-७ बलुवा चोकस्थित सडकमा प्र.२-०१-००२ प ९९९७ नम्बरको स्कुटरको ठक्करबाट सप्तकोशी नगरपालिका-८ ओद्राहा बस्ने सूर्य नारायण सदाकी छोरी ८ वर्षीया अलिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
स्कुटरले को.३७ प. १८६४ नम्बरको मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।